यसरी हुँदैछ माथिल्लो त्रिशूली-१ को सुरुङमा खोजी (तस्बिरसहित)
काठमाण्डु – भोटेकोशी बाढीले क्षातिग्रस्त रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा खोजी कार्य जारी रहेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित आयोजनाको सुरुङमा नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ ।
