SHARE
लोक पथ · शनिबार ११ असो २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई सजिलै मतदाता दर्ता र मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार अमेरिका निवासी अभियन्ता रमेश भट्टले गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।