SHARE
कालिका खबर · शुक्रबार​ २ असो २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। थप अरू पनि शवको आकृति देखिएपछि उद्वार टोलीले खोजी जारी राखेको छ ।