SHARE
कालिका खबर · शुक्रबार​ २ असो २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा नयाँ जीवन बीमा योजना ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ। असोज १ गते आयोजित उत्पादन शुभारम्भ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजना शुभारम्भ गरिएको हो। कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिलाई लक्षित गरी कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो।