SHARE
लोक पथ · शनिबार ११ असो २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–५ बनखेतस्थित शिव शक्ति खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो प्रहरीले सोही पसलका सञ्चालक भीमदत्त-६ बस्ने ५३ वर्षीय शिवराज भट्टसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।