हिल्टन होटल निरीक्षणमा अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको काठमाडौंको नक्सालस्थित हिल्टन होटलको शनिबार निरीक्षण गरेका छन् । मन्त्री खनालले स्थलमै पुगेर होटलमा भएको क्षतिको अवस्थाबारे जानकारी लिएका हुन् । शंकर ग्रुपले लगानी गरेको हिल्टन होटल ८ अर्बभन्दा बढी लागतमा २०८१ साल साउन १८ गतेदेखि औपचारिक सञ्चालनमा आएको थियो ।
