पर्यटकीय सहर पोखरा सुनसान, व्यवसायी चिन्तित
पोखरा । हिमालको सुन्दर नजारा, तालतलैया र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय सहर पोखरा अहिले सुनसान छ । सामान्यतया यस याममा विदेशी तथा आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा अहिले भने पर्यटकको प्रतीक्षामा छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगतमा ७०–८० प्रतिशतसम्म पुग्ने होटल अकुपेन्सी हाल घटेर १५–२० प्रतिशतमा सीमित भएको छ ।
