एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र मुलुकलाई सही बाटोमा फर्काउने दाबी गरेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
