SHARE
कालिका खबर · शुक्रबार​ २ असो २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

सीजी ब्रुअरीले ल्यायो नयाँ प्रिमियम बियर ‘ठमेल’

काठमाडौं । सीजी ब्रुअरीले नेपाली बजारमा नयाँ प्रिमियम बियर ‘ठमेल’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो। ड्राइ हपिङ प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ। यस प्रक्रियाले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपनलाई कम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ। ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा प्रस्तुत गरिएको छ। नयाँ बियरको नाम तथा प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय एवं ‘नाइट लाइफ’ गन्तव्य ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ।