पोखरामा भोलि सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू०५, मूल्य ५१ लाख ९९ हजार
काठमाडौं । चाङ्गानको नयाँ–ऊर्जा सवारीसाधन लाइनअन्तर्गतको नेभो क्यू०५ पोखरामा भोलि शुक्रबार सार्वजनिक हुने भएको छ। नेपालका लागि चाङ्गानका अधिकृत डिलर एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले गाडी सार्वजनिक गरेपछि चारदिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने जनाएको छ। ग्राहकले असोज ३ देखि ६ गतेसम्म चौतारास्थित डीपल पोखरा शोरुममा पुगेर नेभो क्यू०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्। नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले नेभो क्यू०५ लाई आधुनिक जीवनशैली अपनाउने तथा गुणस्तरीय सवारीसाधनलाई प्राथमिकता दिने ग्राहकलाई लक्षित प्रिमियम ईभी एसयूभीका रूपमा प्रस्तुत गरेको छ।
