SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। तपाईंको बजार र Vetra Motors Pvt. Ltd. को सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध राइडरलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको हो। योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर लिन सक्नेछन्। दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको दाबी छ।