SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

‘कार्की साइँला’ असोज २ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण पक्षले बिहीबार काठमाडौंको अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा पत्रकार भेटघाट आयोजना गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। चलचित्रमा जितु नेपालले ‘कार्की साइँला’ नाम गरेका भरियाको भूमिका निर्वाह गरेका छन्। भरियाको काम गरेर जीवन गुजारा गरिरहेका कार्की साइँलाको विवाह, सन्तान प्राप्तिपछिको खुसी तथा गाउँले समाजमा देखिने हेपाहा प्रवृत्तिलाई चलचित्रको कथावस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ। चलचित्रले सामान्य जीवन बिताइरहेका एक भरियाको संघर्ष, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारलाई केन्द्रमा राखेको छ।