SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले र भातीय वित्तमन्त्री सीतारमणबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ । बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक तथा वित्तीय सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ ।