SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेकी छिन् । भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुन:निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।