महालक्ष्मी विकास बैंक नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागी
काठमाडौं । महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जाबारे जानकारी तथा परामर्श प्रदान गरिरहेको छ। प्रदर्शनीमा बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै कर्जा प्रक्रिया तथा बैंकबाट उपलब्ध विभिन्न वित्तीय सेवाबारे जानकारी दिनेछन्।
