‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सुरु
काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारदेखि सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा चारदिने प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गरे। उद्घाटन समारोहमा सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रमा देखिएका हदबन्दीलगायतका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए।
