SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ। स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३४ लाख ९५ हजार रूपैयाँसहित  २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेकाे हाे। पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन्। प्रहरी वृत्त सिंहदरबारले  उनीहरूलाई  काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट पक्राउ गरेकाे हाे।