SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

संविधान जड दस्ताबेज होइन, आवश्यकता र जनआकाङ्क्षाअनुसार संशोधन हुनुपर्छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान कुनै जड वा अपरिवर्तनीय दस्ताबेज नभएको भन्दै समय र जनआकाङ्क्षाअनुसार यसलाई परिमार्जन र संशोधन गर्दै अघि बढ्नुपर्ने बताएका छन् । संविधान दिवस २०८३ को अवसरमा ‘नेशनल लेजिस्लेटिभ एकेडेमी’ द्वारा आयोजित  ‘संविधान कार्यान्वयनको दोस्रो दशक :  अवसर र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले संविधानका आधारभूत सिद्धान्त बाहेकका अन्य विषयमा समयसापेक्ष सुधार आवश्यक रहेको बताए । अध्यक्ष दाहालले संविधान संशोधनको विषय चर्चामा रहेको सन्दर्भलाई उठाउँदै यसको उद्देश्य स्पष्ट हुनुपर्ने बताए ।