SHARE
पर्दाफास · शनिबार ११ असो २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ?

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेश प्रहरीलाई ठूलो आघात पु¥याएको थियो । ५६ प्रहरी भवन ध्वस्त, ८४ सवारीसाधन जलेर नष्ट, लुटिएका हतियार अझै पूर्ण फिर्ता नभएको अवस्था । संगठनको भौतिक संरचना मात्र होइन, मनोबलसमेत गम्भीर रूपमा प्रभावित भएको थियो ।