फेसबुकमा स्टाटस राखेर नदीमा हामफालेका दुईजना बेपत्ता
चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्। आज सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै हाम्फालेर बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ। प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए।
