कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको विपत्तिप्रति कांग्रेस संवेदनशील हुन नसकेको भन्दै पार्टीको राष्ट्रिय दायित्वमाथि समेत प्रश्न उठाएका छन्। कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै आफूलाई कांग्रेस भन्ने र कांग्रेस हुनुमा गौरव गर्नेहरू मानसिक रूपमा कमजोर र निरीह हुन नहुने उल्लेख गरेका छन् । उनले कांग्रेसले विरासतमा पाएको राजनीतिक पहिचान अहिले कमजोर बनेको भन्दै पार्टी विभाजित र गन्तव्यविहीनजस्तो भएको टिप्पणी गरेका छन्। ‘हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो।
