SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

रूपन्देही : कपिलवस्तुको बाणगंगा नगरपालिका–४ गजेहडास्थित चार नम्बर–तौलिहवा सडकखण्डमा दुई स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार साँझ गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प १२६५ नम्बरको स्कुटीले सोही दिशातर्फ गइरहेको लु.३ त ७३८३ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको लु.प्र.०१–००९ प २४०२ नम्बरको इ–स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए । दुर्घटनामा स्कुटी चालक २७ वर्षीय रुद्रनारायण थारू गम्भीर घाइते भएका थिए ।