SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: यातायात महासंघका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

काठमाडौँ : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतका १९१ वटा सवारीसाधनमा व्यापक क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बाढीले देशभरका नौ वटा विभिन्न यातायात कम्पनीका १९१ सवारीसाधन ध्वस्त पार्नुका साथै तिनमा सवार चालक, सहचालक र यात्रु गरी कुल ३४४ जना बेपत्ता भएका छन्। बाढीका कारण नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जिप र चार कन्टेनरमा क्षति पुग्दा ५० जना मजदुर बेपत्ता भएका छन्।