SHARE
कालिका खबर · बिहीबार १ असो २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशका पूर्वमन्त्री शाहीकाे निधन

सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीकाे निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनलाई हृदयाघात भएको थियो । दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाकाे बुडेली निवासी शाहीले ‎२०३६ को जनमत सङ्ग्रहमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निभाएका थिए। २००६ सालमा जन्मिएका शाही कांग्रेस दैलेखकाे राजनीतिका अग्रणी नेता हुन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीति सुरु गरेका थिए उनले।