नेपालमा ओप्पो रेनो १६ सिरिज सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँदेखि
काठमाडौं। ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। सिरिजअन्तर्गत ओप्पो रेनो १६ ५जी र रेनो १६ एफ ५जी रहेका छन्। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई केन्द्रमा राख्दै आयोजित फेसन शोमार्फत कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विशेषता तथा प्रयोगका अनुभव प्रस्तुत गरेका थिए।
