SHARE
कालिका खबर · बुधबार ३१ भौ २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

चीनमा सर्वाधिक बिक्रीपछि नेपालमा निभो क्यू०५, नाडामा पाएको थियो ठूलो बुकिङ

चांगान निभो क्यू०५ लगातार पाँच महिनादेखि चीनको सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी काठमाडौँ। चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै सन् २०२६ को अगस्टमा पनि सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभीको स्थान हासिल गरेको छ। यससँगै क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्षस्थानमा रहन सफल भएको छ। चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा क्यू०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन्। अप्रिलदेखि अगस्टसम्म पाँच महिनाको अवधिमा क्यू०५ का कुल ८६ हजार ८९६ युनिट खुद्रा बिक्री भएका छन्।