SHARE
कालिका खबर · बुधबार ३१ भौ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

जग्गाधनी पुर्जा वितरण विगतका आयोगले गरेको कामको परिणाम हो: शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पुर्याएका कामको परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको उनले बताए।