SHARE
कालिका खबर · बुधबार ३१ भौ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभाबाट १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ। कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको वार्षिक साधारणसभा भदौ ३१ गते बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।