SHARE
कालिका खबर · बुधबार ३१ भौ २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी

काठमाडौँ। नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बुधबार महासंघको सचिवालयमा डा. तिवारीलाई असोज १ गतेदेखि लागू हुने गरी नियुक्तिपत्र प्रदान गरेका हुन्। डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता तथा निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव महासंघका लागि महत्वपूर्ण रहेको बताए।