राहत सामग्री र खाद्य उद्योगमा अनुगमन, म्याद गुज्रिएको खाद्य पदार्थ र लेबलविहीन खुवा भेटियो
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको दालमोठ, लेबलविहीन खुवा तथा पुराना र कुचिएका पानीका जार भेटिएको जनाएको छ। विभागले २०८३ भदौ २९ र ३० गते गरेको छुट्टाछुट्टै अनुगमनका क्रममा भक्तपुर, ललितपुर र काठमाडौंका खाद्य व्यवसाय तथा राहत सामग्रीको निरीक्षण गरेको हो। भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएको राहत सामग्रीको निरीक्षण गर्दा चार प्याकेट दालमोठको उपभोग्य मिति सकिएको भेटिएको थियो। उक्त दालमोठ अन्य सामग्रीबाट छुट्याएर नष्ट गर्न राखिएको विभागले जनाएको छ। राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास अपनाउन पनि निर्देशन दिइएको छ।
