१०२ अंकको वृद्धिपछि नेप्सेमा गिरावट, १३ वटै उपसमूह राताम्य
काठमाडौं । सेयर बजारमा देखिएको उत्साह एक दिन पनि टिकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजी बजार उकास्ने भन्दै सोमबार राति सार्वजनिक गरेको सुधारका प्रस्तावले पनि सेयर बजारमा खुसीको माहौल ल्याउन सकेन । मंगलबार ४८ अंकले नेप्से बढेको थियो भने कारोबार रकम पनि आठ अर्ब पुगेको थियो । तर बुधबार भने नेप्से २१ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि चार अर्बमा सीमित भएको छ । १० वटा ठुला ब्रोकरको कारोबार हेर्दा सातवटाले किनेको भन्दा धेरै बेचेको देखिन्छ। पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक १०२.०६ अंक बढेको थियो।
