भोटेकोसी बाढीको विषयमा सर्वदलीय संयन्त्र गठनको माग
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुन:स्थापनालाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन हुनुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिँदै उनीहरुले विपद्पछिको उद्धारका साथै सुरक्षित यातायातका लागि सडक सुरक्षामा ध्यान दिन र चालकको अनुभवलाई अपरिहार्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
