सहकारी नियमन प्राधिकरण र चार्टड एकाउन्टेन्टस्बीच समझदारी
१० असोज २०८२, काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्टस् संस्था बीच सहकार्य गर्ने समझदारी भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सहकार्य गर्ने समझदारी गरेका हुन्। यसैगरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाका लागि लागू हुने ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ सार्वजनिक गरेको छ ।
