एमसिए–नेपालद्वारा ३१५ किमी विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता सम्पन्न
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको १ सय १७ किमी खण्डको निर्माण सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३ सय १५ किमी विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ ।
