माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा के भइरहेको छ ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।
