SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङको चेतावनी– ‘सुशासन कार्यान्वयन नगरे ठूलो विद्रोह हुनेछ’

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले अघि सारेका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले देशमा रहेका बेथितिको अन्त्य गरी समृद्धितर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।