भुक्तानी सहज बनाइदिन अर्थमन्त्रीसँग निर्माण व्यवसायीको आग्रह
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूलाई बाँकी भुक्तानी समयमै उपलब्ध गराउन अर्थमन्त्री रामेश्वर खनालसँग माग गरेका छन् । शुक्रबार महासंघको टोली मन्त्रायलमा अर्थमन्त्रीसँग भेट गरेका थिए । अध्यक्ष सिंहले भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै भने, ‘जेनजी आन्दोलका क्रममा सरकारका कार्यालय, सडक विभाग तथा विकासे अड्डा आगजनीबाट नोक्सान पुगेको छ।
