सशस्त्रले यो वर्ष एकै दिन मनायो बडाभोज, भूपूदेखि पारिवारिक सदस्य कसैलाई पनि बोलाइएन
काठमाडौं । सशस्त्र प्रहरी बलले यो वर्ष मुलुकभरका आफ्ना कार्यालयमा एकै दिन दसैँको बडाभोज आयोजना गरेको छ । विगतमा मातहत कार्यालयले फरक फरक दिनमा बडाभोज गर्ने गरेकोमा यो वर्ष जेनजी आन्दोलनका क्रममा जनधनमा पुगेको क्षतिका कारण सशस्त्रले एकै दिन यो कार्यक्रम आयोजना गरिएको हो ।
