भंग भयो माओवादी केन्द्रको केन्द्रीय कमिटी, मंसिरमा विशेष महाधिवेशन
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी भंग भएको छ । बिहीबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा विशेष महाधिवेशन गर्नेगरी अहिलेको केन्द्रीय कमिटी भंग गर्ने निर्णय भएको हो । बैठकपछि बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
