अब माओवादीको अध्यक्ष रहेनन् प्रचण्ड, महाधिवेशन आयोजक कमिटीको संयोजक
काठमाडौं । नेकपा माओवादी केन्द्रको वर्तमान केन्द्रीय समिति भंग भएको छ । काठमाडौंको कमलादीमा बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकले वर्तमान केन्द्रीय कमिटी भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णयहरु सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
