मुलुकलाई निकास दिन दलहरुले बढी भूमिका खेल्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न राजनीतिक र सामाजिक संकट समाधानका लागि राजनीतिक दलहरुले प्रमुख भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको समाधान निकाल्न हामीले राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्तासँग मिलेर काम गर्नुपर्छ ।
