SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

सरकारले नेतादेखि पूर्वकर्मचारीसँग फिर्ता माग्यो कानुनबमोजिम बाहेकका सवारी र सुरक्षाकर्मी

काठमाडौं । सरकारले सेवा निवृत्त भइसकेका पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरुलाई दिइँदै आइएको सवारी सुविधा र सुरक्षाकर्मी लगायतका सुविधा फिर्ता मागेको छ । सरकारले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भन्दै सुशीला कार्की नेतृत्वको सरकारले सो निर्णय गरेको हो ।