SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।