SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक । पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । पाँचखाल(३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन् ।