SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

नेपालगन्जमा खुल्यो अथरको १५औँ Experience Center

नेपालगन्ज । अथर नेपालले आफ्नो विद्युतीय मोबिलिटीको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा १५औँ Experience Center सञ्चालनमा ल्याएको छ। नेपालगन्जको Buspark Road, New Road 2 मा सञ्चालनमा आएको नयाँ केन्द्रबाट ग्राहकले अथरका विद्युतीय स्कुटर, प्रविधि, चार्जिङ सुविधा तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। केन्द्रमा स्कुटरको प्रदर्शनसँगै टेस्ट राइडको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।