SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौँ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो ।