SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रम उनले यही सेप्टेम्बर १४ देखि २८ गतेसम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गरेका हुन् ।