सहरी बाढीको जोखिम घटाउन ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गरिने
काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।
