SHARE
पर्दाफास · आइबार​ २८ भौ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

१३औँ बेइजिङ स्याङसान फोरममा सहभागी हुन प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रधानसेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। नेपाली सेनाका अनुसार सिग्देल चिनियाँ जनवादी गणतन्त्र चीनको निमन्त्रणामा भदौ २८ देखि असोज ३ गतेसम्म हुने औपचारिक भ्रमणका लागि चीन गएका हुन्। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ।