माओवादीको केन्द्रीय कमिटी भङ्ग, मंसिरमा विशेष महाधिवेशन
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ । दुई दिनदेखि काठमाडौंमा बसेको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भंग गरिएको हो । प्रचण्डको प्रस्ताव बमोजिम माओवादीले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय भएको छ।
